+
+

प्यूठान साक्षर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २० गते १३:५६

२० असार, प्यूठान । मध्यपश्चिम क्षेत्रको दोस्रो र नेपालको १० औैं जिल्लाको रुपमा प्यूठानलाई साक्षर घोषणा गरिएको छ । जनता उच्च मावि बाग्दुलामा औपचारीक कार्यक्रम आयोजना गरी जिल्लालाई साक्षर घोषणा गरिएको हो ।

जिल्लामा रहेका १५ देखि ६० बर्षसम्मका ४४ हजार ८३४ जना निरक्षरमध्ये ४३ हजार ६४८ जनालाई साक्षर बनाएपछि जिल्लालाई साक्षर घोषणा गरिएको अनौपचारिक शिक्षा समिति प्यूठानका अध्यक्ष तथा स्थानिय बिकास अधिकारी शिवप्रसाद रेग्मीले जानकारी दिए ।

जिल्ला अनौपचारिक शिक्षा समितिले ०६७ सालदेखि साक्षर प्यूठान अभियान सुरु गरेको थियो ।

जिल्लामा अभियानबाट पनि साक्षर नभएका ३ हजार ३ सय नागरिकहरुका लागि अहिले बिद्यार्थी परिचालन गरी साक्षर बनाउने काम जारी रहेको जिल्ला शिक्षा अधिकारी नारायणप्रसाद भट्टराईले बताए । साक्षर जिल्ला घोषणासँंगै जिल्लामा सरकारी कार्यालयहरु र अन्य निकाय ल्याप्चेमुक्त बनाउन आवश्यक रहेको उनले बताए ।

अभियानका क्रममा जिल्लामा एक जना निरक्षरका लागि सरकारले ९ सय रुपैयाँसम्म लगानी गरेको छ ।

हाल प्यूठान सहित देशका सिन्धुपाल्चोक, ललितपुर, पाल्पा, धादिङ, मुस्ताङ, स्याङजा, चितवन, अर्घाखाँची र सुर्खेत जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् ।

– सिटी पोख्रेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?