Comments Add Comment

सलमानले न विर्सन्छन् कट्रिनालाई न दिन्छन् साथ

salman-and-katrina
पूर्व प्रेमिका कट्रिना कैफसँग सम्बन्ध टाढा भएपनि बलिउडका अविवाहित नायक सलमान खान उनलाई सहयोग गर्न भने चुक्दैनन् । सलमान खान र कट्रिनाको सम्बन्ध देखेर बलिउडमा खुबै चर्चा पनि हुने गरेको छ ।

कटि्रना पनि नायक रणवीर कपुरसँगको प्रेममा परेपनि सहयोग भने सलमानसँग नै लिन्छिन् । सलमानले निर्माण गरेको चलचित्र ‘हिरो’ सेप्टेम्बर ४ मा प्रदर्शनमा आउँदैछ । यही मितिमा नायिका कैफ र सैफअली खानले अभिनय गरेको चलचित्र ‘फ्यान्टम’ पनि प्रदर्शनमा आउने तयारीमा थियो ।

तर, सलमानलाई कट्रिना ले सेप्टेम्बर ४ मा ‘हिरो’ प्रदर्शनमा नल्याउने आग्रह गरिन् । तर, यसपटक सलमानले नायिकाको भनाई मानेनन् । उनले जसरी पनि सोही मितिमा आफ्नो प्रोडक्शनको चलचित्र ल्याउने बताए । यसपछि निराश भएकी नायिका कैफ र यो चलचित्रका निर्माताले एक साता अगाडि प्रदर्शन मिति तोकेका छन् ।

सलमान खानले यसपटक भने आफ्नी पूर्व प्रेमिकालाई सहयोग गरेनन् । तर, ट्विटरबाट भने ‘फ्यान्टम’ राम्रो चलचित्र बनेको भन्दै प्रशंसा गरे । सलमानले यसरी यो चलचित्रको प्रशंसा गर्नुको मुख्य कारण नै नायिका कैफ हुन् । यो बाहेक अन्य कारणले सलमानले यो चलचित्रलाई साथ दिनुपर्ने कुनै कारण नभएको बलिउड विश्लेषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment