+
+

काजोलले जोडिन् साहरुख र अजयलाई

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २८ गते ११:३०

srk-and-ajay-in-bulgeriya
हिन्दी चलचित्र ‘दिलवाले’को सुटिङमा काजोल र साहरुख खानवीच अफेयर सुरु भएको हल्ला चल्यो । शाहरुख र काजोलको अफेयरको हल्लाकै कारण हुनुपर्छ अजय देबगण ‘दिलवाले’को सुटिङ स्पटमै पुगे र दुई घण्टा बढी शाहरुखसँग कुरा गरे । अजय र शाहरुखले एउटा टेवलमा बसेर संवाद गरेको दृष्य वास्तवमै दुर्लभ थियो । किनकी उनीहरुले एउटै टेवलमा बसेर यसअघि कहिल्यै गफ गरेका थिएनन् ।

दुई घण्टाको संवादपछि अजय देबगण काजोल र साहरुखको रोमान्स रिलमा मात्रै सिमित भएकोमा विस्वस्थ मात्र भएनन् उनीहरुले आगामी दिनमा सम्बन्ध सुमधुर बनाउने विषयमा समेत छलफल गरे ।
उनीहरु विच मनमुटाब बढ्नुको कारण शाहरुख-काजोलको सम्बन्ध मात्रै भने होईन ।

तीन वर्ष अगाडी अजय अभिनित ‘सन अफ द सरदार’ र शाहरुख अभिनित ‘जब तक हे जान’ एउटै मितिमा प्रदर्शन भएको थियो । चलचित्र प्रदर्शनकै सन्दर्भमा उनीहरु विच मनमुटाब सुरु भएको थियो । तर, अहिले दुबै आ-आफ्नै काममा ब्यस्त छन् । अजय ‘दृश्यम’को प्रमोशनमा ब्यस्त छन् भने शाहरुख ‘दीलवाले’को सुटिङमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?