Comments Add Comment

मानन्धर हत्यामा संलग्न ११ पक्राउ

आरपी सुवेदी
१ साउन, नेपालगन्ज । बाँके प्रहरीले गत सोमबार दिउँसो सुर्खेतरोडमा भएको हत्या प्रकरणमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गुण्डा नाईके रिगल भनिने योग ढकालको नेतृत्वमा रहेको समूहले नेपालगन्ज-८ का चेतन मानन्धरलाई खुँडा प्रयोग गरी हत्या गरेको बाँके प्रहरीले जनाएको छ ।
pakaru
सो हत्यामा रिगल भनेर चिनिने योग ढकालको खुंडा प्रहारबाटै मानन्धरको हत्या भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी अनुसन्धान, प्रत्यक्षदर्शीको र पक्राउ परेका अभियुक्तहरुको बयानका आधारमा रिगल हत्याको योजना बनाउनेदेखि हत्यामा प्रत्यक्ष संलग्न समेत भएको निष्कर्षमा पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक (एसपी) बसन्त पन्तले जानकारी दिए ।

भारतबाट सन्चालन हुने अबैध बसहरुबाट हप्ता असुली गर्ने बिषयमा भएको बिबादका कारण रिगलले मानन्धरको हत्या गर्ने योजना बनाएको अनुसंधानका क्रममा खुल्न आएको प्रहरी उपरिक्षक पन्तले बताए । प्रहरीले सो हत्यामा प्रयोग भएको खुँडा सहित ४ खुडा र दुई मोटरसाईकल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बांँकेमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक पन्तले भने,-‘रिगल भनिने योग ढकालले नै चेतन मानन्धर माथि खुंडा प्रहार गर्‍यो । खुंडा प्रहारबाट गम्भीर घाइते भएका मानन्धरको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भयो ।’ घटनाका मुख्य अभियुक्त रिगल भने फरार रहेका छन् । ‘उ जहाँ भए पनि पक्राउ गरि छाड्छौं । ढिलोचांडो मात्र हो’-उनले भने ।

प्रहरीका अनुसार मानन्धर हत्याको घटनालाई प्रहरीको केन्दि्रय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरिरहेको छ । उक्त हत्याको घटनालाई गम्भीर रुपमा हेरिएको र मुख्य अभियुक्त जोगिन नसक्ने प्रहरी उपरिक्षक पन्तले दावी गरे ।
प्रहरीले सो हत्याको घटनामा संलग्न एघार जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उप-महानगरपालिका-५ बस्ने रिगल ढकाल सहितका १४ जनाको समुहले मानन्धरलाई योजनाबद्ध रुपमा मानन्धरको हत्या गरेको हाल सम्मको अनुसन्धानबाट देखिएको बाँकेका प्रहरी उपरिक्षक पन्तले बताए ।

सो घटनामा संलग्न ११ जना अभियुक्तहरु पक्राउ परे पनि मुख्य अभियुक्त ढकाल भने हालसम्म फरार रहेको छ । पक्राउ परेका अभियुक्तहरुमा बाँकेका बिबाद पाठक, नबराज खत्री , केशब रोकाया, पि्रतम थापा, माधब परियार, मनिश चौलागाई , प्युठानका यमबहादुर बुढा, दाङका हरि वली, सुर्खेतका बिशाल बस्नेत, रुकुमका प्रशान्त गौतम र मोहन खड्का रहेका छन ।

पक्राउ परेका सबै अभियुक्तहरुका बिरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको र फरार अभियुक्तहरुको खोजीका लागि प्रहरी प्रधान कार्यालयबाट समेत टोली परिचालन गरिएको प्रहरी उपरिक्षक पन्तले बताए ।

मानन्धरको हत्या गर्नका लागि रिगलले ती युवाहरुलाई नेपालगन्ज बोलाई न्यूरोडस्थित इन्द्रेणी होटलको १०४ नं कोठामा आफ्नै नाममा कोठा बुक गरी बसालेको पाईएको र  होटलमा लामो समय बसाएर रिगलले घटनाको योजना बनाएको एसपी पन्तले जानकारी दिए । घटनामा संलग्न भएका अन्य तीन जना फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment