Comments Add Comment

प्रियंकाको पछि-पछि दिपक, ‘वडा नम्बर ६’मा देखियो रोचक दृश्य(भिडियो)

daya-priyanka-and-depa
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’को एक गीत सार्वजनिक गरिएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले गीत र कलाकारको लुक्स सार्वजनिक गरेको हो ।

‘वाइयात लभ’ बोलको गीत सार्वजनिक गरिएको कार्यक्रममा कलाकारका कुराले भने मनोरञ्जन प्रदान गरिएको थियो । यो गीतमा दिपकराज गिरी र प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ ।

चलचित्र असोज १ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको बिषयवस्तु रमाइलो भएकाले दर्शकले ‘६ एकान ६’ जस्तै यसलाई पनि मनपराउने प्रस्तुतकर्ता दिपकराज गिरीले बताए ।priyanka-karki

दिपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुती रहेको चलचित्रमा निर्मल शर्मा कार्यकारी निर्माता छन् । चलचित्रमा दिपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, सिताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राइको मुख्य भूमिका छ ।

चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । कार्यक्रममा भने निर्देशक घिमिरे उपस्थित भएनन् । कार्यक्रममा पैसा धेरै हाल्ने र कम हाल्ने निर्माताको चर्चा खुबै भएको थियो । चलचित्रमा दिपक, दीपा, निर्मलको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् ।

कार्यक्रममा बोल्दै जितुले थोरै पैसा हालेर पनि निर्माता बन्न पाइने रहेछ भन्दै रमाइलो गरे । उनले चलचित्र मनदेखि बनेकाले पहिलेको भन्दा पनि राम्रो व्यापार गर्नेमा ढुक्क रहेको बताए । अर्का कलाकार तथा निर्माता केदार घिमिरेले यसपटक पनि भिन्न बिषयमा दर्शकले मनोरञ्जन लिने बताए । उनले चलचित्रमा सबैभन्दा कम पैसा आफूले हालेको बताए ।

नायिका प्रियंका कार्कीले चलचित्रमा काम गर्दा खुबै रमाइलो भएको भन्दै पर्दामा पनि दर्शकले यसरी नै मनोरञ्जन लिने बताइन् । कलाकार दयाहाङ राइले यो टिमसँग जोडिन पाउँदा खुशी लागेको बताए ।
चलचित्रलाई काठमाण्डौ बाहिरका लागि वितरक एफ.डी कम्पनीले एमजी दिइसकेको छ ।

कार्यक्रममा एफ.डी कम्पनीका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, मिडिया हबका प्रमुख सोम धितालले शुभकामना दिएका थिए ।woda-num-cha-pgm


तस्बिर : आकाश जंग गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment