Comments Add Comment

आपसी झगडामा बालकको मृत्यू, घटनामा संलग्न चार पक्राउ

रविन भट्टराई
३ साउन, ताप्लेजुङ । गाउँमा पसलको समान लिएर फकैदै गरेका पाँचजना विच विवाद हुँदा शनिवार साँझ एक बालकको मृत्य भएको छ ।

ताप्लेजुङको लिङतेप गाविसबाट सावा गाविसको पसलका लागि सामान लिएर जाने क्रममा सावा ४ का १४ वर्षीय सुमन लिम्बु, सावा ७ का २२ वर्षीय अनुप थलङ, ७ कै प्रेमकुमार थलङ र नाम नखुलेका दुई बीच थुकिमा गाविसमा पुग्दा बाटोमानै विवाद हुँदा धारीलो हतियार प्रहारबाट सुमनको मृत्यू भएको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपि शान्तिराज कोईरालाले जानकारी दिए ।

लिङ्तेपबाट वियर लगायत पसलका सामान लिएर सावा जाने क्रममा थुकिमा १ मा पुग्दा उनिहरुले वियर खोलेर खाएको र यसै विषयलाई लिएर उनिहरु बीच झगडा हुँदा धारीलो हतियार प्रहार गरी सुमनको हत्या भएको हुन सक्ने डिएसपि कोईरालाले बताए ।

घटनामा सम्लग्न अनुप थलंङ र प्रेमकुमार थलंङ सहित बाँकि दुईलाई भाग्दै गरेको समयमा थुकिमाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको छ । उनिहरुलाई थप अनुसन्धानका लागि सदरमुकाम पुर्‍याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment