+
+

के ‘६ एकान ६’को जस्तो दम छ दिपक र प्रियंकाको यो गीतमा ?(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३ गते ११:५४

priyanka-karki
चलचित्र ‘६ एकान ६’ चल्नुको पछाडि यसको शिर्ष गीत पनि मुख्य रह्यो । यो गीतले बजारमा राम्रै चर्चा पायो र चलचित्रको व्यापार पनि उकालो लाग्यो ।

अब, दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले बनाएको नयाँ चलचित्र ‘वडा नम्बर ६’को पालो आएको छ । असोज १ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको ‘वाइयात लभ’ बोलको गीत सार्वजनिक गरिएको छ ।

यो गीतमा दिपकराज गिरीलाई भिन्न लुक्समा देखाइएको छ । हुनत, यो गीत फिल्मी शैलीको नभएको दिपक पनि स्विकार गर्छन् ।

सुगम पोख्रेल र प्रिती कौरको आवाज रहेको यो गीतमा दिपकराज गिरीको शब्द र सुगमकै संगीत छ । प्रचारको लागि सुरुवातमा नै बजारमा ल्याइएको यो गीतको चर्चाले चलचित्रको व्यापारलाई  फरक पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?