Comments Add Comment

भूकम्प पीडितलाई दाना उद्योगीको एक करोड सहयोग

३ साउन, काठमाडौं । दाना उद्योगीले भूकम्पबाट पीडितको उद्दार तथा राहतका लागि एक करोड एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ ।

उद्योगीको छाता संगठन नेपाल दाना उद्योग संघले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई हस्तान्तरण गरेको छ ।

संघले दुई पटक गरी उक्त रकम हस्तान्तरण गरेको हो । संघले पहिलो पटक ८१ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेको थियो ।

दाना उद्योगीसँग कारोबार भएका नोभस एनिमल न्यूट्रेसन (इन्डिया) प्रालिबाट प्राप्त २० हजार रुपैयाँ पनि आइतबार प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment