Comments Add Comment

एनआरएन स्पेनको नयाँ नेतृत्व सहमतिमै बन्ने निश्चित

वसन्त रानाभाट

बार्सिलोना । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको आगामी नयाँ नेतृत्वका लागि सहमतिमा नै नयाँ कार्यसमिति बन्ने भएको छ। उपाध्यक्ष पदका चार उमेद्वार मध्ये पुरुषोत्तम भट्टराई र यज्ञनारायण पौडेल (रमेश आशिकी) ले निर्वाचन प्रक्रियामा नजाने सहमति जनाए पछि कार्यसमिती सहमतिको आधारमा नै बन्ने भएको हो।

nrn spainउपाध्यक्षका उमेद्वार मध्ये दुई जना निर्वाचन प्रक्रियामा नजाने सहमति जनाए लगत्तै समितिको उपाध्यक्षमा गौतम गुरुङ र राजु शमशेर थापा निर्बिरोध भएका छन् । चारै जना उमेद्वारहरु बसी भएको छलफलमा दुई जना उम्मेद्वारले सहमतिका लागि भन्दै चुनाबी प्रक्रियाबाट पछाडी हटेपछि सहमति बनेको हो। सहमतिपत्रमा उपाध्यक्ष पदका चारै जना उमेद्वारहरुले हस्ताक्षर गरेका छन्।

योसँगै आईसीसी सदस्यमा एकराज गिरी, एनआरएन स्पेनको अध्यक्षमा मुक्तबहादुर गुरुङ, उपाध्यक्षमा गौतम गुरुङ र राजुशमशेर थापा, महासचिब उमेशप्रसाद अधिकारी, सचिव सुनिल रानाभाट, कोषाध्यक्ष पेशल कोईराला, महिला संयोजक सीता सिंह महर्जन र युवा संयोजकमा दीपक क्षेत्री निर्बिरोध चयन भएका छन् ।

यस्तै आगामी कार्यसमितिका सदस्यहरु तुलसीप्रसाद शिवाकोटी, चित्तरन्जन वस्ती, दीलनाथ भण्डारी, उमाराज ढकाल, नीलबहादुर गुरुङ, अशोक शर्मा नेपाल, कमलबहादुर भण्डारी, सुमित्रा घिमिरे सापकोटा र कालु जिरेल चयन भएका छन्।

जनप्रगतिशील मञ्च बाहिरियो

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको कार्यसमितिमा सहभागिता जनाउँदै आएको नेपाली जनप्रगतिशील मञ्च स्पेनले यसपटक भने कार्यसमितिमा सहभागिता नजनाउने भएको छ । मञ्चले बिज्ञप्तिमार्फत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको निर्वाचन प्रक्रियाबाट बाहिरिएको जनाएको हो । न्युनतम लचकता अपनाउँदा पनि नमिल्ने देखेपछि बाध्य भएर प्रक्रियाबाट बाहिरिएको मञ्चले जनाएको छ।

आफूहरु एनआरएन बहिष्कारबाद नभएर अहिलेको कार्यसमितिमा अनुपस्थिति मात्र रहेको बुझ्न समग्र नेपाली समुदायलाई अनुरोध गर्दै समाजको आवश्यकतालाई पूर्ति गर्न सदैब तयार रहेको मञ्चले जानकारी गराएको छ। संघको चौथो अधिबेशन आगामी जुलाई २६ तारिखका दिन आईतबार बार्सिलोनामा हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment