Comments Add Comment

संविधानको मस्यौदाबारे पूर्वराजा ज्ञानेन्द्रले मुख खोले

Gyanendra-Shaha

६ साउन, काठमाडौं । असन्तुष्ट दलहरुको विरोधका बीच नयाँ संविधानको मस्यौदामा आम जनताको राय सुझाव संकलन गरिएको छ । यो सुझाव प्रक्रियामा पूर्वराजा ज्ञानेन्द्र शाह पनि अनौपचारिकरुपमा सहभागी भएका छन् ।

दोस्रो जनआन्दोलनपछि राजाबाट नागरिक बनेका ज्ञानेन्द्र शाहको सुझाव न कुनै सभासदले लिन चाहे, न उनी आफ्नो क्षेत्र काठमाडौं-५ मा भएको जनमत संकलन कार्यक्रममा नै उपस्थित भएर आफ्नो सुझाव राखे ।

तर, बुधबार पूर्वराजा शाहले सार्वजनिकरुपमा नै संविधानको मस्यौदाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

Gyanendra shah (3)

पूर्वराजा ज्ञानेन्द्र बसन्तपुर क्षेत्रमा रहेको ‘सानो पशुपति’ नामले चिनिने महादेव मन्दिरमा पूजाअर्चना गर्न गएका थिए ।

मन्दिरबाट बाहिरिने क्रममा सञ्चारकर्मी भेटिएपछि उनले त्यही मौकालाई सदुपयोग गर्दै संविधानको मस्यौदाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

ज्ञानेन्द्रले भने- ‘मस्यौदा जनता सामू पेश भएको छ, सबैको विचार समेट्ने काम होस् । जनताले पनि त्यही चाहेका छन् र हामीले पनि त्यही खोजेका छौं ।’

पूर्वराजाले अघि भने- ‘कसैलाई काखा ल्याउने, कसैलाई पाखा पार्ने त्यस्तो कुरा कहीँबाट पनि हुनु हुँदैन । सबैको कुरा समेटियोस् । व्यवहारिक ढंगले केही न केही अर्को मस्यौदा आओस् भन्ने हाम्रो चाहना र सबै नेताअरुलाई आग्रह पनि छ ।’

ज्ञानेन्द्रले संविधानको मस्यौदाबाहेक अन्य विषयमा बोलेनन् ।

Gyanendra shah (7)

Gyanendra shah (8)

Gyanendra shah (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment