Comments Add Comment

जोखिमपूर्ण यात्रामा रहेका पाँचसय भन्दा बढीलाई माइती नेपालको उद्धार

आरपी सुवेदी
७ साउन नेपालगन्ज । चालु आर्थिक वर्षको अन्त्यमा माईती नेपाल नेपालगन्जले जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९ जनालाई सीमानाबाट उद्धार गरी परिवारको जिम्मामा लगाएको छ । उनीहरुलाई माईती नेपालको आवधिक गृहमा प्रवेश गराइ उनीहरुको यात्राको जोखिमताको बारेमा जानकारी गराई अभिभावकको जिम्मा लगाईएको माईती नेपालका क्षेत्रीय संयोजक केशव कोईरालाले जानकारी दिए ।

उनले भने-‘यो क्रम बढ्दो छ । आर्थिक वर्ष २०६७/६८ मा २ सय १४ जना ०६८/६९ मा २ सय ४५ जना, ०६९/७०मा ३ सय ४५, ०७०/७१ मा ४ सय ४ र ०७१/७२ को असार मसान्तसम्म ५ सय ९ जनालाई आवधिक गृहमा प्रवेश गराई काउन्सिलिङ्ग गरी अभिभावकको जिम्मा दिई पठाईएको छ ।’

उनले सबैभन्दा बढी बैशाखमा आएको महाविनासकारी भुकम्पपछि जोखियुक्त यात्रामा रहेका महिला तथा बालबालिकाहरुको संख्या अधिक रहेको बताए ।

यस आर्थिक वर्षको अन्त्यमा ५ सय ३ जनालाई मानब बेचबिखन र सुरक्षीत बसाई सराई बारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराईएको कोइरालाले बताए ।

माईती नेपाल नेपालगन्जले पछिल्लो ५ वर्षमा १ हजार ७ सय १७ जनालाई मानब बेचबिखन र सुरक्षीत बसाई सराई बारे जानकारी दिई पारिवारिक पुनरमिलन गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment