+
+
Shares

कर्णाली प्रदेशबाट ३६ हजारले एसईई दिदै

रासस रासस
२०७५ चैत ८ गते १४:२६
Photo Credit : अनलाइनखबर फाइल

८ चैत्र, सुर्खेत । यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् ।

नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ एक हजार ८३८, प्राविधिकतर्फ ६४५, अपाङ्गता भएका १३ र कैदी तीन विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक भक्तबहादुर ढकालले जानकारी दिए । ‘दश जिल्लामा १६९ केन्द्र छन्, निर्देशक ढकालले भने,’केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र कार्यालय सहयोगी गरी दुई हजार ९७८ जनशक्ति परिचालन गरिनेछ ।’

त्यसैगरी, प्रत्येक केन्द्रमा १५ जना पुग्ने गरी १६९ परीक्षा केन्द्रमा दुई हजार ७० सुरक्षाकर्मीको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार साविकका कर्णालीका जिल्लामा देखिएको सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सम्बन्धित जिल्लाका प्रजिअ तथा जिल्ला परीक्षा समन्वय समितिका अध्यक्षले सुरक्षाकर्मीको व्यवस्था गर्नेछन् ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका उपसचिव विष्णुप्रसाद गोतामेले एसइई परीक्षा तयारी र व्यवस्थापनका लागि पहिलोपटक कर्णाली प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्न थालेको बताए । ‘हामीले यो परीक्षाका लागि चार लाख १३ हजार २७१ उत्तरपुस्तिका आफैँले छापेका छौं, उपसचिव गोतामेले भने, ‘प्रदेशबाट परीक्षाको व्यवस्थापन भए पनि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट दुई लाख ८९ हजार २८९ प्रश्नपत्र यहाँ पठाइएको र प्रश्नपत्र १० वटै जिल्लामा पुगिसकेका छन् ।’

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले साउनमा हुने एसइई ग्रेडवृद्धि परीक्षासमेतका लागि भनेर दुई करोड ८६ लाख पाँच हजार बजेट विनियोजन गरेको उनको भनाइ छ । चैत १० देखि २१ गतेसम्म हुने परीक्षाका लागि सबै तयारी पूरा भएको एसइई परीक्षा २०७५, तयारी तथा व्यवस्थापन समन्वय समिति कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?