Comments Add Comment

२४औं विश्व पानी दिवस : रिचार्ज नहुँदा पानीको उत्पादन घट्यो

८ चैत्र, हेटौंडा । बढ्दो शहरीकरणले पानीको रिचार्ज प्रकृयामा असर पुर्‍याउँदा उत्पादन घटेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । शहरीकरणका कारण आकाशको पानी जमीनभित्र जान नपाउँदा पानीको रिचार्ज प्रकृया रोकिएको बताइएको छ ।

शहरीकरणसँग कंक्रिट प्रयोगको मात्रा अधिक हुँदा जमीनमा परेको पानीभित्र नजादा पानीको उत्पादनमा कमी आएको बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए ।
रिचार्ज प्रकृयामा शहरीकरणले असर गर्दा बोर्डले सहज खानेपानी आपूर्तिका लागि हेटौंडाका बिभिन्न ठाउँमा गरेको डिपबोरीङबाट उत्पाद हुने पानीको मात्रामा निकै कमी आएको उनले बताए ।

डिपबोरीङ खन्नु पूर्व गरिएको पानीको उत्पादनको मूल्याङकन ह्वातै घटेको बोर्डले जनाएको छ । हेटौंडा बजार क्षेत्रमा भएको अधिकांस बोरिङ्मा पानीको मात्रा घटेको बताइएको छ ।

बजार क्षेत्रमा पानी उत्पादनको मात्रा घटेसँगै बजारका लागि बाहिर खनिएका डिपबोरीङबाट पानी ल्याउनु परेको कार्यकारी अधिकृत ढकालले जानकारी दिए ।

पानीको उत्पादन घटे पनि बजार क्षेत्रमा शहज पानीको आपूर्ति गरिएको उनले बताए । बोर्डका अनुसार हेटौंडामा दैनिक १६ हजार ७ सय धाराबाट १ करोड ३१ लाख लिटर पानी बितरण भैरहेको बताइएको छ ।

अहिले उपमहानगरका एक लाख २० हजार परिवारले सहज खानेपानीको उपभोग गरिरहेको बताएको छ । बढ्दो जनघनत्वसँगै पानीको माग एक करोड ५५ लाख लिटर पुगेको बोर्डका सदस्य इन्द्र नेपालले बताए ।

उनका अनुसार उपमहानगरका १९ वडा मध्य ६ वटा वडामा बोर्डले खानेपानीको सेवा दिन सकेको छैन । बोर्डले सेवा दिन नसकेको वडामा स्थानिय स्तरमा सञ्चालित खानेपानी उपभोक्ता समितिमार्फत पानीको व्यवस्थापन गर्दै आएको बताइएको छ ।

बोर्डले खानेपानी बितरणपछि दोश्रो चौमासिक अबधिसम्म ५ करोड ५ लाख ७४ हजार बिलिङग् भएकोमा ४ करोड ८४ लाख २६ हजार रुपैयाँ महशुल उठाएको जनाएको छ ।

दोश्रो चौमासिकसम्म ९२ लाख ६७ हजार बक्यौता रहेपनि बोर्डप्रति विश्वास गर्दै ग्राहकले ४५ लाख १६ हजार रुपैयाँ अगि्रम भुक्तानी दिएको बताइएको छ ।

बोर्डको अहिलेसम्मको महशुल उठाउँनु पर्ने बक्यौता ४७ लाख ५१ हजार रहेकोमा जोखिम युक्त बक्यौता ७ लाख १५ हजार रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment