Comments Add Comment

उपत्यकामा बन्द खुल्न थाल्यो (तस्वीर सहित)

८ साउन, काठमाडौं । विप्लव माओवादीले आह्वान गरेको बन्दको उपत्यकामा अवज्ञा हुन थालेको छ । काठमाडौं उपत्यकामा स्वतस्फूर्त गाडीहरु चल्न थालेका छन्, जसका कारण बन्दको प्रभाव घट्न थालेको छ ।
kulyo
बिहान केही समय सुनसान देखिएका सडकमा अहिले सार्बजनिक बस, टेम्पो, माइक्रो, ट्याक्सी र मोटरसाइकलहरु देखिन थालेका छन् । अन्य सवारी साधनको तुलनामा मोटरसाइकलहरु धेरै चलेका देखिन्छन् ।

यद्यपि अघिल्लो दिनको तुलनामा भने सवारी साधनहरु असाध्यै कम चलेका छन् । बजार पसलहरु आंशिक खुलेका छन् । केही स्थानमा शिक्षण संस्था पनि खुलेका छन् ।

बन्दमा अप्रिय घटना हुन नदिन उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोक चोकमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
Banda-khulyo
बिहानै फाट्टफुट्ट जुलुस लगाएको पाइए पनि सडकमा बन्दकर्ता देखिएका छैनन् । केहीलाई बिहानै प्रहरीले नियन्त्रणमा लिएको छ । अहिलेसम्म ५ दर्जन बढी बन्दकर्ताहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

उपत्यका बाहिर भने बन्दको प्रभाव केही परेको देखिएको छ । डरले गर्दा सार्वजनिक सवारी साधनहरु चलेका छैनन् ।

nepal banda (11)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment