Comments Add Comment

सुनको भाउ अझै ओर्लियो, ४७ हजार २ सयमा किनबेच

८ साउन, काठमाडौं । सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको अन्तिम दिन शुक्रबार स्थानिय बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ ।

Goldनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा सुनको भाउ तोलाको ४७ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । जुन भाउ चार वर्ष यताकै सबैभन्दा कम हो ।

बुधबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ घटेर ४८ हजारमा किनबेच भएको थियो । बिहीबार भने सुनको भाउ स्थि रहृयो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । साथै नेपाल सरकारले साउनदेखि सुनको आयात भन्सार दर प्रतिदश ग्राम हजार रुपैयाँ घटाएपछि सुन झनै सस्तिन पुगेको हो ।

अन्तर्राष्ट्रिय बजार विश्लेषकहरु सुनको भाउ प्रतिऔंश हजार डलरमा झर्ने अनुमान गरिरहेका छन् । यसो भएमा नेपाली बजारमा सुनको भाउ ४६ हजार रुपैयाँ तल झर्ने निश्चित छ ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर किनबेच भएको छ । बिहीबार तोलाको ६ सय ६५ रुपैयाँमा किनबेच भएको चाादी शुक्रबार ६ सय ६० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment