Comments Add Comment

देश बाहिरीने भन्दा भित्रिने रकम १ खर्ब २७ अर्ब

Nepali money११ साउन, काठमाडौं । देशबाट बाहिरिनेभन्दा देश भित्रिने रकम (शोधनान्तर स्थिति) उल्लेख्य बढेको छ । शोधनान्तर स्थिति बढेसँगै मुलुकको बैदेशिक मुद्राकेा सञ्चिति पनि बढेको छ ।

आर्थिक वर्ष २०७१/०७२ को जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब २७ अर्ब २० करोड रुपैयाँले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो सञ्चिति १ खर्ब ९ अर्ब ५६ करोड रुपैयाँले मात्रै बचतमा थियो ।

वस्तु व्यापार घाटा उच्च रहेपनि सेवा तथा ट्रान्सफरतर्फ उल्लेख्य बचत कायम रहेकोले शोधनान्तर स्थिति उल्लेख्य बचतमा रहेको हो ।

त्यसैगरी, बैदेशिक मुद्रा सञ्चिति २१ प्रतिशतले बढेर ८ खर्ब ९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा २०७१ असार मसान्तको तुलनामा १४.२ प्रतिशतले बढेर २०७२ जेठ मसान्तमा ७ अर्ब ९२ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

जेठ महिनासम्मको आयातलाई आधार मान्दा विद्यमान विदेशी विनिमय सञ्चिति करिब १३.१ महिनाको वस्तु आयात र करिब ११.३ महिनाको वस्तु तथा सेवा आयातको लागि पर्याप्त रहेको छ ।

डलरसँग नेरु अबमुल्यन

२०७१ असार मसान्तको तुलनामा २०७२ असार मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ५.२ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ०.९ प्रतिशतले अवमूल्यन भएको थियो ।

२०७२ असार मसान्तमा अमेरिकी डलर एकको विनिमय दर १०१.१४ रुपैयाँ पुगेको छ । २०७१ असार मसान्तमा उक्त विनिमय दर ९५.९० रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment