१५ साउन, काठमाडौं । २०२२ को शीतकालीन ओलम्पिक चीनको राजधानी बेइजिङमा हुने भएको छ । यससँगै ग्रीष्म र शीतकालीन ओलम्पिक आयोजना गर्ने बेइजिङ पहिलो शहर बन्नेछ ।
शीतकालीन ओलम्पिक आयोजनाका लागि बेइजिङ र काजकिस्तानको अल्माटी बीच प्रतिस्पर्धा थियो । क्वालालम्पुरमा अन्तराष्ट्रिय ओलम्पिक समितिको बैठकमा बेइजिङ नै रोजाइमा पर्यो ।
४४ मतमध्ये बेइजिङको पक्षमा ४० मत परेको थियो भने एक अनुपस्थित रहे । बेइजिङमा यसअघि २००८ मा ग्रीष्म ओलम्पिक भएको थियो ।