+
+

थारु बाहुल्य क्षेत्रलाई थारुहट बनाउन थारु सभासद्को माग

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १६ गते १६:५६

१६ साउन, काठमाडौं । संविधानसभामा थारु समुदायबाट प्रतिनिधित्व गर्ने थारु सभासद्हरुले थारु बाहुल्य क्षेत्रलाई स्वायत्त र संरक्षित प्रदेश निर्माण गर्न माग गरेका छन् ।

थारु सभासद्ले सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरेर लामो समयदेखि छुट्टै पहिचान भएको र आफ्नै मौलिक संस्कृति भएको थारुहट क्षेत्रमा छुट्टै प्रदेश निर्माण गर्न माग गरेका हुन् । उनीहरुले संयुक्तरुपमा चार दलका शीर्ष नेता र संविधानसभा, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

थारु समुदायसँग विगतमा सरकारले गरेको सहमति र सम्झौता प्रारम्भिक मस्यौदामा नआएकामा रोष प्रकट गर्दै पूर्व सहमतिअनुसारको मस्यौदा ल्याउन आग्रह गरेका छन् ।

काँग्रेस सभासद् तेजुलाल चौधरीले चुरेसहितको दक्षिणी भागलाई समेटेर थरुहट प्रदेश बनाउनुपर्ने बताए । एनेकपा (माओवादी)का सभासद् गौरीशंकर चौधरी, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का प्रमुख सचेतक योगेन्द्र चौधरीले थारुको अधिकारलाई दलका नेताले वेवास्ता गरेकाले आन्दोलन गर्नुबाहेक कुनै विकल्प बाँकी नरहेको बताए ।

थरुहट तराई पार्टी नेपालका सभासद् गोपाल दहित, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की रुक्मिणी चौधरीले थारुहरु २०६४ सालदेखि अहिलेसम्म आन्दोलन गर्दा सरकारसँग भएको सहमति सम्झौताहरु कार्यान्वयनमा नआएको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?