Comments Add Comment

मंगलबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट मंगलबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले हवाई भाडा घट्दै, निजी क्षेत्रको भूमिका खुम्च्याइएको आरोप, वाणिज्य बैंकमा आठ अर्ब चुक्ता पुँजी, राजश्वमा भ्याटको योगदान सर्वाधिक शीर्षकमा प्रमुख खबर छापेको छ ।
कारोबार दैनिकमा हवाई भाडा घट्दै, सार्वजनिक यातायात चुपचाप, भुक्तानीबिनै डेढ अर्बका सामान आयात, यान्त्रीकरणले लोभ्यायो युवालाई कृषिमा, स्थानीय निकायलाई विधेयक बनाउने अधिकार नदिउँ, हजारबाट शुरु, अहिले हातमा करोड, चार अंकले घट्यो नेप्से लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा आधा बैंकले थप निष्कासन गर्न नपाउने, नियम सुधार्न विदेशी परामर्शदाता ल्याउने तयारी, कारोबार कर लगाउन ब्रोकरको माग, असारमा मात्र ४५ प्रतिशत बजेट खर्च, आईएमई अटोमोटिभ्सले ल्यायो यूएम ग्लोबल बाइक लगायतका खबर छन् ।
नागरिक दैनिकमा निजी क्षेत्रको भूमिका खुम्च्याइएको आरोप, पुनर्निर्माण प्राधिकरण तत्काल गठन गर्नु, नेपाल-बंगलादेश सिधा बस चाँडै, पूर्वी उदयपुरमा पुलको खुशी, नेप्सेको कारोबार आधुनिकीकरण गर्न माग, धमाधम मर्ज हुँदे पोखराका बैंक वित्त कम्पनी लगायतका खबर छन् ।
अभियान दैनिकमा लक्ष्यभन्दा रु १९ अर्ब ८६ करोड राजश्व असुली, प्राकृतिक स्रोत र राजश्व बाँडफाँडमा पुनर्विचार, ब्रोकर एशोसिएसनको पुरानै माग, इटहरीमा खुल्यो सपोर्ट माइक्रोफाइनान्स, सहरी क्षेत्रफलको अनुपातमा बजेट वृद्धि न्यून लगायतका खबर छन् ।

eco1 eco2 eco3 eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment