+
+

इन्भेष्टमेन्ट बैंकको ६८ लाख कित्ता साधारण सेयर आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २० गते २१:५०

Investment bank2२० साउन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले थप ६८ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । साधारण सेयरधनीको लगानी ३० प्रतिशत पुर्‍याउन बैंकले सेयर जारी गर्न लागेको हो ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सेयर जारी गर्ने निर्णय गरेको जानकारी मंगलबार नेप्सेलाई गराएको छ । बैंकले जारी गर्ने प्रतिकित्ता सेयरको मूल्य १ सय रुपैयाँ हुनेछ ।

बैंकमा सर्वसाधारणमो २० प्रतिशत मात्र सेयर छ । राष्ट्र बैंकले ३०७० फागुनमा २०७२ असार मसान्तसम्ममा चुक्ता पुँजीको ३० प्रतिशत लगानी सर्वसाधारणको पुर्‍याउन निर्देशन दिएको थियो ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ७७ करोड रुपैयाँ चुक्ता पुँजी छ । यसमध्ये ८० प्रतिशत सेयर संस्थापक समूहको छ । संस्थापकमा रहेको ३ करोड ८१ लाख ६० हजार कित्ता सेयरलाई ७० प्रतिशत गणना गरेर बैंकले बाँकी सेयर जारी बताइएको छ । साधारण सेयर जारी गरेपश्चात बैंकको चुक्ता पुँजी ५ अर्ब ४५ करोड रुपैयाँ छ ।

बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै साधारण सेयर खुल्ला गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?