+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

सिराहामा छुवाछुत : स्थानीय विकास मन्त्रालयले सोध्यो स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २२ गते १४:०५

२२ साउन, काठमाडौं । स्थानीय विकास मन्त्रालयले सिराहाको धनगढी नगरपालिका ३ नयनपुरका कथित तल्लो जातिका पुलकित मलिकको परिवारमाथि भएको सामाजिक विभेदप्रति चासो देखाउँदै जिल्ला विकास समितिसँग स्पष्टीकरण सोधेको छ ।

मन्त्रालयले ५ बर्षदेखि छुवाछुत र भेदभाव विरुद्ध अभियान चलाए पनि यस्तो किन भयो भनेर जिल्ला विकास समितिसँग जवाफ मागेको छ ।

मन्त्रालयले जिल्ला विकास समितिलाई पत्र लेखेर सोधेको छ, ‘गाविस, वडास्तरमा गठित वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, सामाजिक परिचालक, स्थानीय सेवा प्रदायक संस्थाहरुले यस्ता घटनाहरु हुन नदिन किन सशक्त भूमिका निर्वाह गर्न सकेनन् ?’

मन्त्रालयले जिल्ला विकास समिति मार्फत् नागरिक सचेतना केन्द्र र वडा नागरिक मञ्चहरुबाट सामाजिक सचेतनाको काम गर्दै आएको छ । तर पनि मलिक परिवारलाई इनारको पानी समेत पीउन नदिएको घटनाबाट ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ ।

भेदभाव र छुवाछुत जस्ता सामाजिक विभेदलाई रोक्न जिल्ला विकास समिति सिराहाले चलाएको अभियानको प्रभावकारीतामै मन्त्रालयले प्रश्न उठाएको छ ।

मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले लेखेको पत्रमा सोधिएको छ, ‘जिल्ला विकास समितिको कार्यालयको यसतर्फ ध्यानाकर्षण भयो भएन ? भएको भए यस्ता भेदभावयुक्त घटनाहरु हुन नदिन के गरियो ?’

कारवाही गरी जानकारी दिन निर्देशन

जिल्ला प्रशासन कार्यालयलाई समेत बोधार्थ दिइएको चलानी नम्बर १८७ को सो पत्रमा घटनास्थलको स्थलगत अनुगमन गरी दोषिलाई कारवाही गर्न र सोको जानकारी मन्त्रालयमा गराउन तथा आगामी दिनमा यस्ता घटना हुन नदिन पनि भनिएको छ ।

नयनपुरका कथित उपल्लो जातका समुदायले पुलकित मलिकको परिवारलाई इनारबाट पानीसमेत पीउन नदिएर भेदभाव गरेका छन् ।

सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विक बिहीबार नैनपुर गाउँ पुगेर पीडित र पीडक दुबै पक्षसित छलफल गरेका थिए । उनले पीडित पक्षबाट उजुरी नपरेकाले कारवाही गर्न नसकिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?