+
+

मधेसमा पहाड नमिसाई तीन प्रदेश बनाउन कांग्रेसका २९ सभासदको हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २२ गते १४:२२

Farmullah Mnsur, Amresh sing and Chandra mohan

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका मधेसी सभासदहरुले तराई-मधेसमा तीन प्रदेश बनाउन माग गरेका छन् । तर, तराई मधेसका जिल्लाहरुलाई तराई मधेस नै राख्नु पर्ने उनीहरुको माग छ ।

मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका २९ केन्द्रीय सदस्य एवं सभासदहरुले हस्ताक्षरसहितको पाँचबुँदे माग पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका छन् । अन्य सभासदहरुको समर्थन भएको तर, राजधानीमा उपलब्ध नभएकाले हस्ताक्षर नगरेको उनीहरुले बताए ।

मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका सभासदहरुले ८ प्रदेश बनाउँदा मधेसमा ४ प्रदेश बनाउनुपर्ने भनेका छन् । तर, दलहरु ६ प्रदेशमा सहमति खोजिरहेकाले मधेसमा तीन प्रदेश बनाउन उनीहरुले सुझाव दिएका छन् ।

चार दलले झापा, मोरङ र सुनसरीलाई पूर्वी प्रदेशमा राख्ने तयारी गरेपछि कांग्रेका मधेसी सभासदहरुले त्यसलाई नमान्ने बताएका छन् । ‘६ प्रदेश बनाउँदा मधेसमा मधेसका जिल्लाहरुलाई मात्र मिलाएर प्रदेश बनाइयोस् भनेर हामीले भनेका छौं’ सभासद फरमुल्लाह मन्सुसले अनलाइनखबरसँग भने ।

कांग्रेसका अर्का सभासद सुुनिलकुमार यादवले चितवन र उदयपुरसमेत मधेसमा बन्ने प्रदेशमै राख्नु पर्ने आफूहरुको माग भएको बताए ।

कांग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सभासदहरुले अन्तरिम संविधानमा भएको नागरिकताको व्यवस्थालाई नयाँ संविधानमा निरन्तरता दिनु पर्ने, समानुपातिक समावेशी सुनिश्चित गर्नु पर्ने र जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने माग समेत गरेका छन् ।

Congress-Madhes-ca-Member

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?