Comments Add Comment

दीपक र दीपाको छेउमा बसेर टिकाले गाए

tika-1

काठमाडौं । भूकम्पपीडितको सहयोगार्थ गायक संगीतकार टिका भण्डारीले एकल साँझ गरेका छन् । कार्यक्रममा उनले दर्जन बढी गीत प्रस्तुत गरेका थिए ।

नेपाली कला संगमको आयोजना भएको कार्यक्रमलाई रोचक बनाउन नायक भुवन केसी, दीपकराज गिरी, दीपाश्री निरौलालाई विषेश निम्ता गरिएको थियो । त्यस्तै गायक एवं संविधानविद् भीमार्जुन आचार्य र कवि नवराज लम्साल लगायतको उपस्थिती थियो ।

नवाराज लम्सालले संगीतकार भण्डारीका संगीतका वारेमा चर्चा गरेका थिए भने दीपक र दीपाले उनको संगीत सुने मात्रै ।

कार्यक्रममा भण्डारीले गोली सिसाको…, मायालुको मुहारै रसिलो…, कतार गएँ साउदी गएँ …, तिमी अर्कैकी हौ …लगायतका गीत प्रस्तुत गरेका थिए ।

नेपाली कला संगमका संयोजक सुदर्शन महर्जनले भूकम्प पीडितका लागि केही सहयोग गरौं भनेर कार्यक्रम गरिएको बताए । कलाकारहरूको हकहितको प्रवर्द्धन गर्न तथा नयाँ कलाकारहरूलाई अवसर दिने भनेर स्थापना गरिएको नेपाली कला संगमले भूकम्प गएयता पीडितहरूलाई राहत तथा सांस्कृतिक थेरापीका कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी गराए ।

सोही कार्यक्रममा नेपाली कला संगमका गायिका सुनिता गुरुङ र गायक जीवन परियारको संयुक्त आवाजमा रहेको भूकम्पसम्बन्धी एल्बम ‘नेपाली कला संगमको पहिलो पाइला’ टीका भण्डारी र बीबी अनुरागीले विमोचन गरे ।

कार्यक्रमवाट उठेको दुई लाख ५० हजार मध्ये २५ प्रतिशत खर्च कटाएर बाँकी पैसा धादिङ, नुवाकोट, रसुवा लगायतका जिल्लाका भूकम्प पीडितलाई प्रदान गरिने संगीतकार भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment