Comments Add Comment

शीर्ष नेताहरुले जनतालाई संयुक्त अपिल गर्ने

२६ साउन, काठमाडौं । प्रदेशहरुको सीमांकन लगत्तै देशका विभिन्न भागमा देखिएको असन्तुष्टि हिंसात्मक बन्दै गएपछि प्रमुख दलले जनतालाई संयमित हुन संयुक्त अपिल गर्ने भएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको विशेष समितिको बैठकमा यसबारे छलफल भइरहेको समितिका संयोजक डा. बाबुराम भट्टराईले जनाएका छन् । विशेष समिति बैठक संविधानसभा भवनमै बसिरहेको छ ।

विशेष गरी अखण्ड मध्यपश्चिमका नाममा सुर्खेतमा शुरु भएको आन्दोलन र तीन जनाको मृत्युको घटनाले दलहरुलाई गम्भिर बनाएको एमाले उपमहासचिव बिष्णु पौडेलले बताए ।

सुर्खेत, जुम्लाका साथै थरुहट आन्दोलन समेत शुरु हुन थालेपछि प्रमुख दलहरुले संयमता अपनाउन संयुक्त अपिल गर्न लागेका हुन् । दलका शीर्ष नेताहरुले सीमांकनमा जनताको भावना बमोजिम तलमाथि गर्न सकिने सन्देश समेत दिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment