+
+

कलाकार संघमा रामकेशरसँगै लय संग्रौला पनि भिड्ने, देखिदै पार्टीगत भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २७ गते ९:२८

laya-sangraula
चलचित्र कलाकार संघको भदौ २३ मा हुन लागेको चुनावी सभाका लागि अब उम्मेदवारहरुको दौडधुप सुरु भएको छ । हालका महासचिव रामकेशर बोगटीले अध्यक्ष पदमा उठ्ने घोषणा गरिसकेका छन् । उनले कलाकारहरुको हितमा काम गर्ने भन्दै केही समय पहिले नै उम्मेदवारी घोषणा गरिसकेका हुन् । अब, यो भिडन्तमा अर्का उम्मेदवार पनि थपिएका छन् ।

लामो समयदेखि टेलिभिजन र चलचित्रमा सक्रिय लय संग्रौलाले पनि उम्मेदवारी दिने घोषणा पत्रकार सम्मेलन मार्फत नै गरेका छन् । उनले पत्रकार सम्मेलनको आयोजना गर्दै कलाकार संघलाई व्यवसायिक संस्थाको रुपमा अगाडि बढाउने र कलाकारहरुको व्यवसायिक पाटोलाई विशेष ध्यान दिने बताए ।

लयलाई साथ दिन निर्देशक समाजका अध्यक्ष दिनेश डीसी पनि अगाडि देखिए । कलाकार संघको चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेको भिडन्त जस्तो हुने देखिएको छ । रामकेशरलाई कांग्रेस र लयलाई एमालेको समर्थन छ ।

कलाकार संघ लामो समयदेखि सेलिब्रेटी संस्थाको रुपमा अगाडि बढ्न सकेको छैन । हालका अध्यक्ष नवल खड्काको कार्यकालमा पनि यो समस्या सबैभन्दा ठूलो देखियो । लयले कुनै सेलिब्रेटी आएको खण्डमा आफूले अध्यक्ष पदको उम्मेदवारी छाड्ने जिकिर गरेका छन् । तर, नायिका करिश्मा मानन्धरले सर्वसम्मत नभई आफू अगाडि नआउने संकेत गरेपछि यसपटक पनि यो अभाव देखिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?