+
+

मध्यपश्चिमको छुट्टै प्रदेश, कर्णाली र थारुलाई विशेष अधिकार : ज्वाला

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २७ गते १६:२१

२७ साउन, काठमाडौं । नेकपा एमालेका सभासद प्रकाश ज्वालाले मध्यपश्चिमका जिल्ला टुक्राएर गरिएको सीमांकन स्विकार्न नसकिने बताएका छन् ।

Prakash-Iwalaउनले कर्णाली र थारुहरुलाई विशेष अधिकार दिएर मध्यपश्चिम अलग्गै प्रदेश घोषणा गरे अहिले भइरहेका आन्दोलनका सबै माग पुरा हुने दावी गरे ।

रिपोर्टर्स क्लब नेपालल आयोजना गरेको साक्षात्कारमा एमाले सभासद ज्वालाले अहिलेको सीमांकन ब्यवहारिक नभएको बताए ।

काग्रेस केन्द्रीय सदस्य डिल्लीराज रेग्मीले मध्यपश्चिमबाट सल्यान र रुकुम काट्नु प्रशासनिक, सस्कृतिक र भौगोलिक सुगमताको हिसावमा पनि नमिल्ने दावी गर्दै मध्यपश्चिमलाई एउटा प्रान्त बनाउनु पर्ने बताए ।

सभासद दिनबन्धु श्रेष्ले कर्णालीलाई विशेष अधिकार दिएर मध्यपश्चिम एक प्रदेश बनाउनु पर्ने भन्दै सीमांकनलाई कुनै पनि हालतमा सच्याउनु पर्ने मा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?