Comments Add Comment

एनआरएन अमेरिकाकाे साधारणसभाको संयोजक तोकियो

अमेरिका । आगामी सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा हुने भएको एनआरएन अमेरिकाको वाषिर्क साधारणसभाको लागि संयोजक र उपसंयोजक चयन गरिएको छ ।

nrn usa logoएनआरएनका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेललाई साधारण सभा आयोजक समितिको संयोजक र उपाध्यक्ष वंदना कोइरालालाई उपसंयोजक तोकेको एनआरएन अमेरिकाको मिडिया कोअर्डिनेटर सर्वज्ञ वाग्लेले जानकारी दिए । एनआरएन अमेरिकाले पत्रकार सम्मेलन गरी साधारणसभाबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै चौथो साधारण सभा आयोजक समितिका संयोजक कृष्ण पोख्रेलले निर्वाचन परिणाम आए लगत्तै प्रलयकारी भूकम्पले तहस नहस भएको मातृभूमि नेपालको विकट पहाडी जिल्ला रसुवा पुगेर पीडितको सेवा गरि फर्किएको जानकारी दिए ।

उनले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाको नेतृत्व चुनावी प्रतिबद्धता अनुरुप नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्त बोकेर संगठन निर्माण र आन्तरिक बिबादका बिषयहरु निरुपण गर्ने अभियानमा जुटेको बताए ।

कार्यक्रममा एनआरएन अमेरिकाकी वोर्डअफ डाइरेक्टर गोमा सेन , एनआरएनकै वोर्डअफ डाइरेक्टर मोहन ज्ञवाली, एनआरएनका अर्का वोर्डअफ डाइरेक्टर हरिशचन्ऽ हमालको पनि सहभागिता थियो । साधारणसभाको एनआरएन आईसीसी अध्यक्ष शेष घलेले उद्घाटन गर्नेछन् ।

सोही दिन साँझ सांस्कृतिक कार्यक्रम गरिने र त्यसवाट उठेको रकÞम नेपालमा आएको विनाशकारी महाभूकम्पवाट पीडित परिवारको वालकलाई पढाउने कल्णकारी कोषमा जम्मा गर्ने संयोजक पोखरेलले जानकारी दिए ।

भर्जिनिया च्याप्टरद्वारा अन्तरक्रिया
वाशिंगटन डिसी महानगर क्षेत्र अन्तर्गत पर्ने भर्जिनियामा एनआरएन शाखाले गत आईतवार एनआरएन अमेरिकाका अध्यक्ष डा. विजय पौडेलको आतिथ्यमा भेटघाट, परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  ।
verginiyaउक्त कार्यक्रममा वोल्दै डा पौडेलले एनआरएनको “एकपटकको नेपाली सधैको नेपाली र नागरिकता सम्बन्धि” आवाज नेपाल सरकार समक्ष लैजान राजदुत कार्कीसंग अनुरोध गरे । उनले नेपाल र नेपालीको हितका लागि सम्पूर्ण संघ,संस्था लगायत हामी नेपालीहरू अहिलेको परिप्रेक्ष्यमा एक हुनु पर्नेमा जोड़ दिए ।
त्यसैगरी प्रमुख अथिति तथा अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कुमार कार्कीले बिदेशिएका नेपालीको लागि एनआरएन नै सबैभन्दा उत्तम संस्था भएको विचार ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment