नहल्लाउ मेरो घर
नच्यात मेरो नक्सा
नचिर मेरो छाती
म जे छु यसै ठीक छु ।
यसैमा खुसी छन् मेरोे लाम्टो चुसेर हुर्केका
मेरा सन्तानहरु ।
खण्डित नवनाऊ उनीहरुको करेसाबारी
अनि विच्छेद नगर मेरो Åदयसँग मेरो शरीर
र नचुँडाउ मेरा सन्ततिहरु मबाट ।।
उनीहरु यँही अभ्यस्त छन्
उनीहरु यसैमा पुलकित छन् ।
मुक्तिको प्रसाद बोकेर वगेको
कालीकै शालिग्राम पुजेर
ढोगेर बाग्लुङ कालिका
नाघेर घुम्टेको धुरी
लक्ष्य साँधेर धौलागिरि शीर
ढोरको चौडा छातीमा खेल्न आइपुग्ने मेरा सन्तानहरुलाई
नछेक बीच वाटोमा ।।
एउटै धुरीमुनि बाँच्न चाहने
चित्रेहरुलाई ढाट तेर्साएर नछेक आफ्नो मझेरी छिर्न ।
नभत्काउ, एकले अर्कोमा अढेस लगाएर
उचालेको अग्लो आस्थाको मन्दिर ।।
वनवास गए पनि
फर्केर आउने राम लक्ष्मणहरुको
अयोध्या हो यो ।
त्यसैले
नहिर्काऊ भातृत्वको जोडहरुमा ।
यसै ठीक छ नताछ मेरो घर ।
यसै ठीक छ न ढल्काउ मेरो घर ।।
– मोहराज शर्मा
बाग्लुङ