+
+

प्रेम पाउन दीयाले गर्ने संघर्षमा ‘वीर विक्रम’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २९ गते १७:१९

bir-bikram-ghosana
चलचित्र ‘हँसिया’ निर्देशन गरेर चर्चामा आएका निर्देशक मिलन चाम्सले बनाउन लागेको दोश्रो चलचित्र ‘वीर विक्रम’को आज निर्माण घोषणा गरिएको छ । भदौ ३ गतेबाट छायांकनमा जाने यो चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, बसन्त भट्ट र शिशिर राणाको साथमा नयाँ प्रस्तुतीको रुपमा  दीया पुन र विवेक लिम्बु देखिनेछन् ।

चलचित्रमा दीयाले आफ्नो प्रेम पाउनका लागि गर्ने संघर्षलाई देखाइनेछ । फिल्ममा अनुपविक्रम विक्रमको भूमिकामा देखिदैछिन् भने अर्पण पासाङ पात्रको भूमिकामा देखिदैछन् ।

फिल्ममा यम थापाको पटकथा, रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, रेनशा राइको नृत्य निर्देशन रहनेछ । चलचित्रलाई एक्सन, कमेडी र नाटकीय शैलीमा प्रस्तुत गरिनेछ ।

कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले आफूले चलचित्रलाई चलचित्रकै भाषामा निर्माण गर्ने भन्दै दर्शकले पनि मन पराउने विश्वास व्यक्त गरे । कलाकार दयाहाङ राइले आफूले चलचित्रका लागि फरक गेटअपमा काम गर्न लागेको भन्दै अन्य कलाकारबाट साथ पाउने आशा व्यक्त गरे ।

अनिला राई, पृथ्वीराज राई, शिव प्रसाद राई र वेनिसरा राई यसका लाइन प्रोड्यूसर हुन् । चलचित्रको सन् २०१६ को अप्रिल ९ मा लण्डनमा विशेष प्रिमियर गर्ने घोषणा पनि गरियो । नेपालमा भने चलचित्र वि.सं २०७३ को सुरुवातमा चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?