Comments Add Comment

जुम्लामा कर्फ्यू, प्रहरीको गोलीबाट १८ घाइते

३१ साउन, जुम्ला । कर्णाली स्वायत्त प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शन अराजक बन्ने खतरा बढेको छ । विप्लव आन्दोलनको नेतृत्व गर्ने प्रयास गरेको छ भने आन्दोलनकारीले आइतबार सरकारी कार्यालयको बोर्ड निकालेर फ्याँक्नुका साथै प्रहरीलाई कुटपिट गरेका छन् ।

jumla
प्रदेश नम्बर ६

आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले अश्रुग्यासका साथै गोली चलाएको छ ।गोली लागेर १८ जना घाइते भएका छन् ।

स्थानीय प्रशासनले आज आइतबार साँझ ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।

आन्दोलनकारीले कर्णाली प्रदेश अंकित बोर्ड राख्न भन्दै जिल्ला वन, शिक्षा कार्यालयसहितका सरकारी कार्यालयमा तोडफोड गरेका छन् ।

उत्तेजित भीडले जिल्ला प्रहरी कार्यालयको साइनबोर्ड तोडफोड गर्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले गोली चलायो । गोली लागेर १८ जना घाइते भएका छन् । पाँच जनाको अवस्था गम्भीर छ ।

उनीहरुलाई नेपालगञ्ज पठाइएको छ भने १५ जनाको कर्णाली स्वाथ्य प्रतिष्ठानमा उपचार भइरहेको छ । आन्दोलनमा १० जना प्रहरी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment