३१ साउन, काठमाडौं । हारका साथ प्रिमियर लिग फुटबलको नयाँ सिजन सुरु गरेको आर्सनल लयमा फर्किँदै पहिलो जित हात पारेको छ ।
आइतबार भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
प्यालेसको घरेलु मैदानमा भएको खेलमा आर्सनलले १६ औं ओलिभर जिरोउडको गोलबाट अग्रता लिएको थियो ।
तर, २८ औं मिनेटमा वार्डले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याए । पहिलो हाफमा आर्सनलले केही राम्रो मौका गुमाएको थियो ।
दोस्रो आफको ५५ औं मिनेटमा एलेक्स सान्चेजको हेड बेलमा डिलेनीले आत्मघाती गोल गरे । जितसँगै आर्सनलले ३ अंक जोडेको छ ।
प्रतिक्रिया 4