+
+

बन्दले जनजीवन प्रभावित, कालीमाटीमा भारतीय गाडीमा अागजनी

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३२ गते ११:२२

Banda sawan31 (1)

३२ साउन, काठमाडौं । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि देशभरको जनजीवन प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलेका छैनन् । साझा यातायात भने चलेको छ । यस्तै निजी सवारी भने हिजोको भन्दा बढी चलेका छन् ।

मुख्य चोकहरुबाहेक अन्यत्र पसलहरु पनि खुलेका छन् ।

सीमांकनको विरोधमा बैद्य माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, लिम्बुवानसहितका पार्टीले हिजो र आज दुई दिने बन्द आह्वान गरेका छन् ।

दर्जन बढी बन्दकर्ता असनबाट समातिए
बन्द गराउँदै हिडेका एक दर्जन बढी बन्दकर्ता पक्राउ गरेका छन् ।

सडकमा प्रदर्शनमा निस्किएका बेला संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेकपा-माओवादीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ लगायत १५ जना काठमाडौंको असनबाट पक्राउ परेका हुन् ।

उनीहरु आइताबार पनि सोही क्षेत्रबाट पक्राउ परेका थिए । पक्राउ परेका बन्दकर्ताहरुलाई प्रहरीले आइतबार साँझ छाडिदिएको थियो ।

भारतीय गाडीमा अागजनी

बन्दकर्ताले कालीमाटीमा एक भारतीय नम्बर प्लेटको गाडी जलाएका छन् । उनीहरुले बीआर ०६ पी ३९८० नम्बरको भ्यानलाई जलाएको बन्दकर्ताले जनाएका छन् ।

त्यस्तै बल्खुमा रिङरोडमा गुड्ने यात्रुबाहक बसमा तोडफोड गरेका छन् ।

त्यस्तै बत्तीसपुत्तलीमा बन्दकर्ताले ट्याम्पोमाथि आगजनी गरेका छन् । पूरानो बानेश्वरबाट ट्याम्पोमा यात्री बनेर चढेका एक व्यक्तिले बाजेको सेकुवा कर्नर नजिकै पुगेर आगजनी गरेका थिए । आगजनी गरेर फरार रहेकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

झोलामा ढुंगा बोकेर हिँडेका बन्दकर्ता पक्राउ
बन्द गराउँदै हिँडेका एक बन्दकर्ता नयाँ बानेश्वर चोकबाट पक्राउ परेका छन् । झोलामा ढुंगा, इटालगायतका सामग्री बोकेर हिँडेका उनलाई संविधानसभा भवन अगाडिबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?