+
+

आइएमई कोअपरेटिभको नाफा ६ करोड

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३२ गते १२:११

ime-photo
३२ साउन, काठमाडौं । आइएमइ कोअपरेटिभले गत आर्थिक वर्षमा ६ करोड रुपैयाँ नाफा कमाएको छ । सो अवधिमा संस्थाले  १ अर्ब ३९ करोड रुपैयाँ बचत संकलन गरी १ अर्ब ५ करोड ८० लाख रुपैयाँ लगानी गरेको  जनाएको छ ।

संस्थाका कार्यकारी अध्यक्ष योगेश्वर ढकालको अध्यक्षतामा सोमबार  सम्पन्न ५ औं साधारणसभामा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता थियो ।

कार्यकारी अध्यक्ष ढकालले सेयर सदस्यहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्न गरेको प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

कार्यक्रमका मुख्य अतिथि चन्द्र ढकालले संस्थाले छोटो अवधीमा नै उल्लेख्य प्रगतिगर्न सफल भएको बताउँदै ७५ जिल्लामा रहेका सहकारी-सहकारी बीचको सम्वन्ध स्थापित गर्ने क्रममा रेमिटान्सको माध्यमबाट सम्वन्धविस्तार गर्न र अनुपालन, सेवा, व्यवसायिक सञ्जाल, गुणस्तर लगानी, आम्दानी र सक्षमताको हिशाबले एक उत्कृष्ट सहकारीको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

आइएमइका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी दिनमा संस्थाको प्रगतीको बृद्धिदर बिगत बर्षहरुको भन्दा अझबढी बढाउन संस्था सफलहोस भन्ने कामना गरे । संचालक समितिको रिक्तपदपुर्तिमा दामोदर खनाल र उपेन्द्र घिमिरे सर्वसम्मत निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?