+
+
Shares

तीज मनाउन बद्री पंगेनी अमेरिका आउने

वाशिंगटन डीसी । अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी हुने २०७२ तीज, दशैं तथा तिहार धमाका कार्यक्रमको लागि नेपालका प्रसिद्ध लोकगायक बद्री पंगेनी नेपालका ख्याती प्राप्त कलाकारहरुसँग अमेरिका आउने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते ११:२२

विजय थापा

वाशिंगटन डीसी  । अमेरिकाका २० भन्दा बढी राज्यहरुमा प्रदर्शनी हुने २०७२ तीज,  दशैं तथा तिहार धमाका कार्यक्रमको लागि नेपालका प्रसिद्ध लोकगायक बद्री पंगेनी नेपालका ख्याती प्राप्त कलाकारहरुसँग अमेरिका आउने भएका छन् ।

नेपालबाट अमेरिका कुराकानी गर्दै बद्री पंगेनीले भने नेपाली समुदाय तथा नेपालीभाषी भुटानी समुदायलाई नाच्न र हाँस्नको लागि तयार रहन संदेश दिएका छन् ।

पंगेनीले भने सपनाको संसार अमेरिका जाने कलाकारको मात्र हैन सबैको इच्छा हुन्छ l र तीज, दशैँ तथा तिहारको कार्यक्रम लिएर आफू अमेरिका जान पाएकोमा हर्ष लागेको बताए ।

badri pangeniउनले भने– अमेरिकामा आफ्नो पहिलोपटक भ्रमण हुने भएकोले आफू निकै उत्साहित छु ।

अमेरिकामा लोक तथा दोहोरी गीत अत्यधिक मन पराउने नेपाली तथा भुटानी समुदाय भएकोले आफू कसरी र कस्तो गीत गाउने भन्ने तर्फ चिन्तित पनि भएको बताए । दर्शकको मन जित्ने र मन पराउने गीतको लागि आफू तयारमा रहेको बताए ।

लोकगीतमा आफू र दोहोरी गीतमा आफू र शिला आलेको प्रस्तुतिले पिडुला फर्कने गरी पनि नचाउँने उल्लेख गर्दै उनले पेट मिचीमिची हसाउँन जितु नेपाल (मुन्द्रे) पनि सँगै जाने उनले बताए ।

कलाकारहरु अगस्त २७ तारिखमा अमेरिका आई पुग्नेछन् । अगस्त २९ देखि नोभेम्बर १ तारिखसम्म अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुति हुने भएको छ ।

कार्यक्रमको आयोजना वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रालिको संयुक्त रुपमा आयोजना गर्नेछ ।

वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक/प्रमुख बुद्धीप्रसाद रेग्मीले २०७२ तीज, दशैं तथा तिहार धमाका नेपाली भाषीहरुलाई मनोरंजन प्रदान गरिनुको साथै नेपाली समुदाय र भुटानी समुदायबीच सांस्कृतिक पुल बनाउने मुख्य उद्देश्य पनि रहेको बताए ।

कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पिडितलाई सहयोग गरिने आयोजकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?