+
+

एप क्याम्पका लागि एनसेलको छुट्टै एप

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते १९:०३

२ भदौ, काठमाडौं । एनसेलले मोबाइल एप्स बनाउन चाहनेहरुको लागि आयोजन गरेको एप्स प्रतियोगीताको लागि छुट्टै एप उपलब्ध गराएको छ ।

Ncell App Campउक्त इन्टरएक्टीभ एप एनड्रोइड भर्सनमा उपलब्ध छ । मोवाइल प्रयोगकर्ताहरु र एप डेभलोपरहरुले उक्त एप्सको माध्यमबाट प्रतियोगीताको अवधिभरका सुचना प्राप्त गर्न, प्रतियोगीतामा सहभागि हुन, समुह दर्ता गर्न र आफ्नो विचार तथा ज्ञान सेयर गर्न सक्ने कम्पनीले बताएको छ ।

यसका साथै यो एपबाट प्रयोगकर्ताले उक्त कार्यक्रमको बारेमा नयाँ नयाँ सुचना पाउने छन् ।

‘यो एपले इच्छुक मोवाइल एप्स डेभलोपरहरुलाई एन सेल एप क्याम्प २०१५ मा सहभागि हुन सरल र सहज हुने विश्वास हामीले लिएका छाैं । यसले मोवाइलमा रुची राख्ने ठुलो संख्यालाइ नजिक ल्याउन सहयोग पुर्याउने छ’ एनसेलका कर्पोरेट कम्युनिकेशन्स एक्सपर्ट मिलन शर्माले बताए ।

यस प्रतियोगितामा सहभागिता जनाउन र थप जानकारीे चाहनेहरुका लागि एनसेलले यहि भाद्र ५ गते होटल हिमालयमा डिवि्रफिङ सेशन आयोजना गर्ने भएको छ ।

सहभागिहरुले एनसेल एपको माध्यमबाट डिव्रिफिङ सेशनमा आफनो सहभागिता सुनिश्चित गर्न सक्ने छन् जसका लागि विहानी शत्र र दिवा शत्र गरि दुइ चरणको कार्यक्रम तय गरिएको छ ।

मोवाइल प्रयोगकर्ताले एनसेल एप प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नेछन् । यस बारेमा थप जानकारीको लागि एनसेलको एपक्याम्प वेभसाइटमा भिजिट गर्न सक्नुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?