Comments Add Comment

न्यूनतम बल प्रयोग गर्न सशस्त्र प्रमुखको निर्देशन

Koshraj-Wanta

३ भदौ, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले न्यूनतम बल प्रयोग गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

वन्तले ‘लाइभ भिडियो स्टि्रमिङ्ग’ मार्फत सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट गरेको सम्वोधनमा नागरिकको नैसर्गिक हकअधिकार तथा मानवअधिकारको पूर्णरुपमा पालना गरी सरकार र संगठनले सोचेअनुरुपको सुरक्षा व्यवस्था मिलाउदै व्यावसायीक कुशलतापूर्वक सशस्त्र प्रहरी कार्यमा सकृय रहन निर्देशन दिएका हुन् ।

उनले प्रचलित कानूनको परिधिभित्र रहि प्रभावकारी ढंगले जिम्मेवारी पुरागर्न तथा बल प्रयोग गर्नुपर्दा बल प्रयोगको सिद्धान्त बमोजिम न्यूनतम बल प्रयोग गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक वन्तले प्रचलित कानूनी व्यवस्थाबमोजिम परिचालित भई कार्यक्षेत्रमा बलियो उपस्थिति जनाउँदै जनताले चाहना गरेअनुरुपको कार्यशैली अपनाई प्रभावकारी ढँगले दायित्व निर्वाह गर्न पनि भनेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक वन्तले सवै क्षेत्रका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट क्षेत्रगत बस्तुस्थितिबारे जानकारी लिएका छन् उनले सुरक्षा व्यवस्थालाई मजबुद तुल्याउन सशस्त्र प्रहरी बलको तर्फबाट कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

पाँचै क्षेत्रका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुले आ-आफ्नो क्षेत्रको बस्तुस्थिति तथा सुरक्षास्थिति र सशस्त्र प्रहरी बलको सुरक्षा तैनाथीबारे विस्तृतमा जानकारी गराएका थिए ।

प्रारम्भमा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुले आ-आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्था, शान्ति सुरक्षालाई प्रभावकारी बनाउन गरिएको प्रयास तथा एपीएफ टोली परिचालन सम्वन्धमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment