+
+

हिमाल सागर र तिलकबमले अष्ट्रेलिया तताउने

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ४ गते २१:०६

himal-tilakगायकद्वय तिलकबम मल्ल र हिमाल सागरले अष्ट्रेलियाको विभिन्न शहर पुगेर सांगितिक माहोल तताउने भएका छन् । उनीहरुसँगै हुने छिन् चर्चित नायिका पि्रयंका कार्की ।

अष्ट्रेलियाको ब्रिस्बेन लगायतका शहरमा आगामी ३ अक्टोबरदेखि सुरु हुने दि हिमालयन साँझ नामक सांगितिक अभियान यी तीन कलाकारको प्रस्तुति रहनेछ ।

एक महिनासम्म चल्ने अभियानको आयोजक नेपाल सेल कम्पनी हो । अभियानका दौरान ६ वटा सांस्कृतिक कार्यक्रम गरिने जानकारी गायक तिलकबम मल्लले अनलाइनखबरलाई दिए । कार्यक्रमको अनलाइन टिकट विक्री खुल्ला गरिएको छ ।

कार्यक्रमबाट उठेको रकम काठमाडौंको बसुन्धारास्थित न्युक्यासल हाइयर सेकेण्डरी स्कुलमा पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीको पढाईमा खर्च गरिने आयोजकले जनाएको छ ।

स्कुलका अध्यक्ष सुरेश लोहनी र नेपाल सेलका तर्फबाट टिका भुर्तेलबीच छात्रवृत्ती सञ्चालन सम्वन्धी सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

himal-sagar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?