Comments Add Comment

सात प्रदेशसँगै सुर्खेत र कर्णालीबासीमा खुसीयाली

Surkhet aandolan (12)

४ भदौ, काठमाडौं । सात प्रदेशमा जाने सहमति भएपछि सुर्खेत र कर्णालीमा खुसीयाली छाएको छ । तर, मधेसको असन्तुष्टि भने सम्बोधन हुन सकेन ।

प्रमुख तीन दलले शुक्रबार साँझ सात प्रदेशमा सहमति गरेका थिए । यसअघि सहमति भएको छ प्रदेशको छैटौं प्रेदशलाई विभाजन गरेर दुई वटा बनाइएको छ ।

पाँच नम्बरको प्रदेशमा रहेको सल्यानलाई कर्णालीसहितको नयाँ प्रदेशमा राखिएको छ ।

दलहरुबीच भएको नयाँ सहमतिपछि सुर्खेतमा १२ दिनदेखि जारी आन्दोलन फिर्ता भएको छ । राजनीतिक दल, नागरिक समाज र वुद्धिजिवीले सहमतिको स्वागत गरेका छन् । साथै भोलि उत्सव मनाउने तयारी भइरहेको छ ।

अखण्ड मध्यपश्चिमको माग गर्दै भएको आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएको थियो ।

यसैगरी कर्णालीबासीले पनि सहमतिको स्वागत गरेका छन् । केही दिनदेखि तनावग्रस्त बनेको जुम्लामा सात प्रदेशको सहमतिको स्वागत भएको छ ।

स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लासहितका जिल्लामा आन्दोलन हुँदै आएको थियो ।

दलहरुबीच भएको नयाँ सहमतिले थारु समुदायको मागलाई भने सम्बोधन गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment