Comments Add Comment

कैलालीका सभासद् जनक चौधरीको घरमा आगजनी

८ भदौ, कैलाली । कैलाली क्षेत्र नम्बर एकका सभासद् जनक चौधरीको घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । चौधरीको घरमा लागेको आगो सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको छ ।

टीकापुरको ब्लक नम्बर ६ मा रहेको चौधरीको घरमा कर्फ्यूका बीच पनि प्रदर्शन गर्दै आएका अराजक समूहले आगजनी गरेका हुन् ।

त्यस्तै थरुहट/थरुवान संयुक्त संर्घष समितिका क्षेत्रीय संयोजक रेशम चौधरीले सञ्चालन गरेको फूलबारी रिसोर्टमा पनि आन्दोलनकारीले आगजनी गरेका छन् ।

सोमबार भएको हिंसात्मक घटनापछि अझैपनि कैलाली टीकापुरको अवस्था सामान्य बन्न सकेको छैन । स्थितिलाई नियन्त्रणमा लिने सेना परिचालन गरिएपनि स्थानीयबासी त्रसित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment