Comments Add Comment

कभर गीत गाउँदै प्रियंका पनि गायिका

priyanka-karki
नेपाली चलचित्रमा अहिलेकी व्यस्त नायिका प्रियंका कार्कीको गीत गाउने सोख भने सानैदेखिको हो । विभिन्न चलचित्रमा अभिनयसँगै कोरियोग्राफी पनि गर्ने गरेकी प्रियंकाले फुर्सदको समयमा गीत पनि गाउने बताउँछिन् ।

चलचित्र ‘आवरण’मा सामवेश एक गीत गाएपछि उनलाई धेरैले रियाज गर्न आग्रह गरे । यसपछि समय पाएको बेला उनले रियाज गर्न थालिन् । उनले यसपछि भिडियो एल्बम निकाल्ने तयारी थालेकी हुन् । उनले आफ्नो प्रतिस्पर्धा कसैसँग नभएको भन्दै इच्छा पुरा गर्नका लागि एल्बम निकाल्न थालेको बताइन् । भिडियो एल्बमका लागि ‘स्वतन्त्र’ बोलको गीत उनले गाइसकेकी छिन् ।

यो गीतको भिडियो तयार हुनु अगाडि नै उनले ‘तिम्ले त हैन’ बोलको कभर गीत दर्शकका लागि उपहार दिने तयारी गरेकी छिन् । यो गीतको ओर्जिनल भर्सनलाई बच्चु कैलासले गाएका थिए भने नातिकाजीको संगीत र क्षेत्रप्रताप अधिकारको शब्द यसमा थियो । उनले यो गीतलाई ६० प्रतिशत नयाँ दिलाउन सकेको खण्डमा पनि आफ्ना लागि उपलब्धी हुने ठहर गरेकी छिन् । टाइनी बट बिग पिक्चर्सले तयार पारेको भिडियो चाडै नै बजारमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment