+
+

टेक्सास नेपाली समाजको अध्यक्षमा प्रत्यक्ष चुन्न पाउने 

अमेरिका । अमेरिकाको टेक्सास राज्य अमेरिकामै क्षेत्रफलका हिसाबले ठूलो मात्र होइन, अहिले अमेरिकी कै ‘फास्ट ग्रोविंग’ राज्य मानिन्छ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १५:०४

texas nepali nsamaj बिकाश राज न्यौपाने

अमेरिका । अमेरिकाको टेक्सास राज्य अमेरिकामै क्षेत्रफलका हिसाबले ठूलो मात्र होइन, अहिले अमेरिकी कै ‘फास्ट ग्रोविंग’ राज्य मानिन्छ। त्यसमा पनि बिगत ४ -५ बर्षयता टेक्सासमा नेपालीको संख्या झन्डै दोब्बरले बढेको अनुमान सहजै गर्न सकिन्छ। त्यसो त टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्समा मात्रै ३० हजार भन्दा बढी नेपाली रहेको कुरा सामान्य हिसाबले अन्दाज गरिने गरिन्छ तथापी यसको सही वा भरपर्दो श्रोत भने पाइएको छैन।

यसरी  नेपालीको द्रुत बृधि संगै यहाँ रहेको बिभिन्न नेपाली संघ संस्थाहरुको छाता तथा सबै भन्दा पहिलो नेपाली संस्था नेपाली समाज टेक्सास (NST) को ‘भिजनरी नेतृत्व’ को एकातिरको आवश्यकता अर्कोतिर अप्रत्यक्ष चुनाव प्रणालीको तालमेल नमिलेको महसुस गरी सर्बसाधारणको जोडबलमै समाजले नेपाली समाज टेक्सास कै पूर्ब अध्यक्ष गौरीराज जोशीको संयोजकत्वमा पूर्ब अध्यक्षहरु बैकुण्ठबिक्रम थापा तथा रामचन्द्र पोखरेल सदस्य रहेको ३ सदस्यीय नेपाली समाज टेक्सासको बिधान संसोधन कमिटी गठन गर्यो।

जब बिधान संसोधन कमिटीले प्रस्तावित बिधान प्रस्तुत गर्यो, एउटा कम्पन छायो समाजमा। सर्बसाधारणले चाहे जस्तो प्रत्यक्ष निर्वाचन प्रणाली। चुस्त १५ सदस्यीय कमिटी, सूचना प्रबिधि, युवा तथा महिला क्षेत्रका छुटै संयोजक अनि समग्रमा माझिएको बिधान। आवाजहरु निकै उठे, झन्डै ६ घण्टा बौद्धिक घम्सा घम्सी चल्यो, अन्ततः त केही परिमार्जनसहित बिधान पारित भयो।

तीन पूर्ब अध्यक्षहरुले एउटा अर्को सामुहिक परीक्षा सहजै उत्कृष्टतापूर्बक उत्तीर्ण गरे। बिधान नै च्यातिनेसम्मका हल्ला बजारमा नआएका होइनन तर छलफलमा कसैले होस् गुमाएनन् ।  सहजतापूर्बक विधानको ब्याख्या गर्यो संसोधन कमिटीले। इतिहास रच्यो साधारण सभाले। सभाबाटै निर्वाचन कमिटी गठन भयो। कमिटीमा दुर्इ पूर्ब अध्यक्षहरु बैकुण्ठ थापा, डा प्रेम अधिकारी, पूर्ब उपाध्यक्ष निरज श्रेष्ठ, समाजसेवी भरत अर्याल तथा ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्व अध्यक्ष महेन्द्र पौडेल  रहेको निर्वाचन कमिटी बन्यो।

सदस्यता शुल्क २० डलर प्रतिव्यक्ति दुर्इ वर्षका लागि तोकियो। चुनावको तिथिमिति निर्वाचन कमिटीले नै टुंगो लगाउने भयो। बिधानतः डिसेम्बर महिनाभित्र चुनाव गराई सक्नु पर्नेछ। झन्डै दुर्इले उपस्थिति जनाए।

कार्यक्रम संस्थाका महासचिब विजयराज भट्टराईले संचालन गरेका थिए । साथै गत २० महिनाको कार्य विवरण प्रस्तुत गरे । अध्यक्ष भूवन आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष (प्रोग्राम) तारा भुषालले स्वागत, उपाध्यक्ष (अर्थ) बाल जोशीले आर्थिक विवरण, पूर्ब अध्यक्ष तथा भुकम्प आर्थिक ब्यबस्थापन कमिटी संयोजक बैकुण्ठ थापाले भुकम्पमा संस्थाले गरेको आर्थिक संकलन तथा खर्च विवरण प्रस्तुत गरे ।

संस्थाको आय-व्यय हेर्दा यस कार्यकाल २०१४ मा अमेरिका डलर  ९३ हजार २९२  आर्थिक संकलन र ९६ हजार ४०० सय खर्च गरी झन्डै ४ हजार घाटा देखियो भने भूकम्पमा आर्थिक संकलन झन्डै दुई लाख पचार हजार गरेको देखियो।

नेपाली समाज टेक्सासले कम्युनिटी हल निर्माणका लागि ८० हजार डलर पार्टी हल निर्माणमा खर्च गरेको कुरा फिनान्स भिपी बाल जोशीले बताए ।

नेपाली समाज टेक्सासको ४ बर्षपछि साधारणसभा कार्यक्रम अगष्ट २३, आइतबार दिउसो २ बजेदेखि साँझ ८  बजे सम्म गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?