+
+

दाङका दुई स्थानमा गाडी दुर्घटना, ४३ घाइते, ९ गम्भीर

९ भदौ, घोराही । दाङमा बुधबार भएका दुई छुट्टा छुट्टै सवारी साधन दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ । रोल्पाबाट तुलसिपुरका लागि छुटेको रा १ ख ८३९ नम्बरको बस घोराही-लमही सडकखण्डको लक्ष्मीपुर १ बबई खोलामा पल्टिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ९ गते १५:५९

Dang-Accident-1

निमुसंगम घर्ती
९ भदौ, घोराही । दाङमा बुधबार भएका दुई छुट्टा छुट्टै सवारी साधन दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

रोल्पाबाट तुलसिपुरका लागि छुटेको रा १ ख ८३९ नम्बरको बस घोराही-लमही सडकखण्डको लक्ष्मीपुर १ बबई खोलामा पल्टिएको थियो ।

गम्भिर घाइते हुनेहरुमा घोराही ४ का २१ वर्षीय सुरेन्द्र सुनार, लक्ष्मीपुर ६ की ११ वर्षीया झरना नेपाली र तुलसिपुर नगरपालीका १६ निबासी २९ वर्षीय दिनेश चौधरी रहको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइते तीनै जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । अन्य २४ जना राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार पछि फर्किएको प्रहरीले बताएको छ ।

यसैबीच रामपुरबाट घोराही आउँदै गरेको जिप घोराही ४ वडरीमा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । रा १ ज ४०३ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका हुन् ।

सोही क्रममा जिपले रा २ प १६४४ नम्बरको मोटरसाइकल लक्ष्मीपुर ९ निबासी ३८ वर्षीय खिमलाल गिरी गम्भीर घाइते भएका छन् । गिरीलाई घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

ट्याक्सीका गम्भिर घाइतेहरु चालक लक्ष्मीपुर ७ का गिरीराज घर्ती, यात्रुहरु रामपुर ६ का ४० वर्षीया प्रभा चौधरी, ३४ वर्षीय शिबकुमार खत्री, रामपुर ४ की सुशीला चौधरी र ६० वर्षीय भुबनेश्वर पाण्डेलाई घोराहीमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको ट्राफिक प्रमुख बिरबहादुर थापाले जानकारी दिए ।

घोराही-लमही सडकखण्डको कटुवाखोलामा पुल बन्ने भएपछि सडक विगि्रएकाले डबरी हुँदै चौघेराबाट कच्ची सडकमा सवारीका साधनहरु सञ्चालन हुदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?