Comments Add Comment

टीकापुर घटनामा घाइते भएका प्रहरी हवल्दारको उपचारका क्रममा निधन

Tikapir-jhadap

१० भदौ, काठमाडौं । कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा घाइते भएका एक प्रहरी हवल्दार उपचारका क्रममा मृत्यु भएको छ । नेपाल प्रहरीको अस्पतालमा उपचाररत प्रहरी हवल्दार जनक नेगीको बिहान दुई बजे निधन भएको हो ।

यससँगै टीकापुर घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । यसअघि एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालक गरी ८ जनाको मृत्यु भएको थियो ।

सेती अञ्चल प्रहरी कार्यालय गुल्ममा कार्यरत हवल्दार नेगी सोमबार कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएका थिए ।  कञ्चनपुरको झलारी घर भएका नेगीको पार्थिव शरीर बिहीबार नै उनको गृहनगर पुर्याइने प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले जानकारी दिए ।

यसअघि टीकापुरमा सीमाङ्कनको विषयलाई लिएर आन्दोलनकारीले निषेधाज्ञा तोडी अघि बढ्दा भएको झडपमा परी ७ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस्
टीकापुर झडपमा एसएसपीसहित ७ सुरक्षाकर्मीको मृत्यु, ५० बढी घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment