Comments Add Comment

६२६ सरकारी विद्यालय बन्द, ४४३ मर्ज

११ भदौ, काठमाडौं । सरकारले कम चाप भएका विद्यालय मर्ज गर्ने नीति लिएपछि मुलुकभरका ६२६ विद्यालय बन्द भएका छन् । ४४३ विद्यालय आपसमा गाभिएका छन् । शिक्षा मन्त्रालयले ‘विद्यालय समायोजन कार्यान्वयन निर्देशिका ०७०’ ल्याएपछि मर्ज हुने र बन्द हुने क्रम बढेको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको विश्वास घट्दै गएपछि सरकारले मर्ज नीति ल्याएको शिक्षा विभागका उपनिर्देशक योगेन्द्रप्रसाद बरालले बताएको कारोबारमा खबर छ ।

‘अभिभावकले दुःखै गरेर भएपनि निजी विद्यालयमा पढाउन थालेपछि धेरै सामुदायिक विद्यालय बन्द भए ।’ सरकारी विद्यालयमा राम्रो पढाइ नहुँदाको फाइदा निजी विद्यालयले उठाएका छन् । अभिभावकमा अंग्रेजीमोह बढ्नु पनि यसको कारक रहेको उनी बताउँछन् ।

बरालका अनुसार बन्द भएका यी विद्यालयको तथ्यांक ५-६ वर्षअघिदेखिको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment