Comments Add Comment

करेन्ट लागेर आमा छोराको मृत्यु

११ भदौ, वीरगञ्ज । वीरगञ्ज उपमहानगरपालिका-९ रामटोलमा फलामको पाइपले बिजुलीको तारमा छुँदा करेन्ट लागेर आमा छोराको मृत्यु भएको छ ।

शुक्रबार करेन्ट लागेर ४० बर्षीया आमा सुनितादेवी सुल्तन मिया र १७ बर्षीय छोरा हर्षित सुल्तन मियाको मृत्यु भएको हो ।

हषिर्त सुल्तनले घर नजिकैको नाला फलामको पाइपले सफा गर्ने क्रममा पाइपले बिजुलीको पोलको तारमा छुन जाँदा उनलाई करेन्ट लागेको थियो । छोरालाई छुटाउन गएकी आमालाई समेत करेन्ट लाग्दा दुवैजना गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment