+
+
Shares

गुडिरहेको बसले किच्दा सहचालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते २०:२३

१९ चैत, हेटौंडा । गुडिरहेको बसले किच्दा पुर्व पश्चिम राजमार्गमा सहचालकको मृत्यु भएको छ ।

वीरगञ्जबाट धनगढी जाँदै गरेको ना ४ ख ३३७५ नम्बरको बसका सहचालकलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसबाट चिप्लिएका जनकपुर घरभएका १७ बर्षका सहचालक रवि सहनीको बसको पछाडिको चक्काले किच्दा ज्यान गएको बताइएको छ ।

बसको ढोकामा उभिएर बसेका उनी चिप्लिएर लड्दा बसको पछिल्लो भागले भेटेको प्रहरीले जनाएको छ । बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?