+
+

उपप्रधानमन्त्री सिंह र बेलायती विकास राज्यमन्त्रीबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ११ गते १६:५४

११ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र बेलायती विकास राज्यमन्त्री डेसमोन्ड स्वाइनबीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा बेलायत सरकारको सहयोगमा नेपालमा संचालित कार्यक्रमहरुबारे छलफल भएको थियो ।

Prakashman-Singh-and-UK-min

मन्त्री सिंहको कार्यकक्षमा भएको भेटमा बेलायती विकास राज्यमन्त्रीले संविधान निर्माण प्रक्रिया र भूकम्प पछिको पुनर्निर्माणमा चासो राखेका थिए ।

सो अवसरमा मन्त्री सिंहले संविधान निर्माण प्रक्रिया र पुनर्निर्माणको काम सँगसँगै अघि बढिरहेको जानकारी गराएका थिए । उनले पुनर्निर्माण प्राधिकरण गठन भैसकेकोबारे अवगत पनि गराए ।

उपप्रधानमन्त्री सिंहले बेलायत सरकारबाट हालसम्म प्राप्त सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेका थिए । सो अवसरमा बेलायती विकास राज्यमन्त्री डेसमोन्डले नेपाल सरकारको आग्रहअनुसार आफूहरु सक्दो सहयोग गर्न प्रतिबद्ध रहेको बताएको उपप्रधानमन्त्री सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?