+
+

आईएमईबाट पठाएको रकम एनबी बैंकबाट झिक्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १३ गते ९:५२

imeईन्टरनेशनल मनी एक्प्रेस (आईएमई) मार्फत नेपाल आएको रेमिट्यान्स रकम अब नेपाल बंगलादेश बैंकबाट पनि झिक्न पाईने भएको छ । आईएमई र नेपाल बंगलादेश बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएपछि यस्तो सुविधा सुरु भएको हो ।

आईएमईको विश्वव्यापी संजाल मार्फत आएका रकम एनबी बैंकका ३१ शाखाबाट झिक्न सकिने गरी सम्झौता भएको छ । यस्तै आईएमईका सेवाग्रहीले सिधै बैंकको खातामा जम्मा गर्न सक्ने सम्झौतापत्रमा उल्लेख छ । उनीहरुले ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा संचालित आन्तरिक विप्रेषण सेवा समेत प्राप्त गर्न सक्नेछन् ।

कारोबार सम्बन्धी सम्झौतापत्रमा आज आईएमईका संजाल प्रवर्द्धन प्रमुख तथा प्रबन्धक रुऽराज पौडेल र नेपाल बंगलादेश लिमिटेडका उप-महाप्रबन्धक सुरेन्ऽभुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

‘महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआईपी) सम्मान-२०१४’ प्राप्त गरेको आईएमईले नेपालका सबै जिल्लामा ३५ सय भन्दा बढी एजेन्ट/सब-एजेन्ट, १ सय ३५ आईएमई सेन्टर र विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशबाट पठाएको रकम छिटो, छरितो र सुरक्षित रुपमा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?