+
+

चार दलको बैठकमा थारु र मधेसीको वार्ता सर्तबारे छलफल चल्दै

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १३ गते १०:१९

१३ भदौ, काठमाडौं । वार्ताका लागि आन्दोलनरत पक्षले राखेको सर्तबारे छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ ।

4 parties meetingबालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि मधेसी मोर्चा, थरुहट संघर्ष समिति लगायतले राखेको सर्तबारे जानकारी गराएका छन् ।

मधेसी मोर्चाले वार्ताका लागि चारबुँदे सर्त राखेका छन् । जसमा संविधान निर्माण प्रक्रिया रोक्नु पर्ने, विगतमा भएको सहमति कार्यान्वयन गर्नु पर्ने लगायतका छन् । थरुहट संघर्ष समिति र मधेसी मोर्चाले वार्ताका लागि सेना र सशस्त्र प्रहरीलाई ब्यारेकमा फिर्ता गर्नु पर्ने लगायतका सर्त पनि अघि सारेका छन् ।

बैठकमा संविधानको विधेयकमा संशोधनबारे पनि छलफल हुँदैछ । संविधानसभा सचिवालयले संशोधन दर्ताका लागि सभासदहरुलाई सात दिनको समय दिने तयारी गरेको छ ।

तर, एमालेले भने समय छोट्याउनु पर्ने बताएको छ । आजको चार दलका शीर्ष नेताहरुको बैठकमा यसबारे छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?