Comments Add Comment

रौतहटको जिविस भवनमा आगजनी

गौतम श्रेष्ठ

JIBISA-Rautahat
१४ भदौ, रौतहट । रौतहटको जिल्ला विकास समितिको कार्यालयमा सोमबार आगजनी भएको छ । जिल्ला प्राविधिक कार्यालयले प्रयोग गर्ने सो भवनको एउटा कोठामा बिहान आगजनि भएको हो । जिल्ला प्रशासन कार्यालयको काजगातहरु स्टोर गरिएको सो कोठामा आगो लागे पछि सुरक्षाकर्मी र वारुणयन्त्रको मद्दतले आगो निभाइएको छ ।

संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले गरेको बन्दको १६ औं दिन सोमबार जिल्ला विकास समिति रौतहटको पुरानो भवनमा आगजनि भएको हो ।

आगलागीका कारण सो कोठामा राखिएको जिल्ला प्रशासन कार्यालयका फाईल तथा विभिन्न कागजपत्रका साथै फर्निचरहरु समेत नष्ट भएको छ । बिहान कार्यालयमा आगो लागेको देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

आगलागीको कारण बारे प्रष्ट नभए पनि मोर्चा कार्यकर्ताले आगजनी गरेको हुन सक्ने आशंका छ । सरकारले आन्दोलनका बारेमा अझै सम्म पनि कुनै सम्बोधन नै नगरेको, प्रहरीको गोली लागी मृत्यु भएका राजकिशोर ठाकुरलाई शहिद घोषणा नगरेको र प्रहरी दमनको समेत विरोधमा कार्यकर्ताहरुले सो कार्यालयमा आक्रोश पोखेको सदभावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसेदले बताए ।

यता प्रशासनले भने सो कोठामा धेरै वर्ष पहिलेका कागजात र केही पुराना फर्निचर रहेको जनाएको छ । आगजनीबाट स्टोर गरेर राखिएका पुराना कागपत्र डढेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।

अहिले नयाँ भवनमा सरेको जिल्ला प्रशासनले महत्वपूर्ण काजगात नयाँ भवनमा सारेको र पुरानाहरु जिल्ला विकास कै एक कोठामा राखेको समेत भुजेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment